Logo
|
Thursday 18th April 2024
Logo

epaper

कोरोना संक्रमणबाट मुटुरोग विशेषज्ञ डा. विकास सुवेदीको निधन



जनस्वास्थ्य सरोकार, काठमाडौँ । कोरोना संक्रमणबाट मुटुरोग विशेषज्ञ डा. विकास सुवेदीको निधन भएको छ । डा. सुवेदीको उपचारका क्रममा धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा आइतबार राती करीब पौने १२ बजे निधन भएको हो ।

कोटेश्वरस्थित गौतमबुद्ध इन्टरनेशनल कार्डियाक अस्पतालका सञ्चालक समेत रहनुभएका डा. सुवेदीलाई २५ दिनअघि कोभिड १९ संक्रमण पुष्टि भएको थियो

डा. सुवेदीको अवस्था आफूकहाँ आईपुग्दा नै अत्यन्त जटिल रहेको अस्पतालका निर्देशक डा. ज्योतिन्द्र शर्माले बताउनुभयो । उहाँले भन्नुभयो -‘अक्सिजन लेभल एकदमै कम थियो । हाइफ्लो दिनु पर्ने अवस्था थियो । निमोनिया एकदमै कडा थियो । त्यो अवस्थामा उपचार गर्दै जाँदा उहाँको अवस्था सुधार हुन सकेन ।’

संक्रमण पुष्टि भएपछि डा. सुवेदीको गौतम वुद्ध अन्तर्राष्ट्रिय कार्डियाक अस्पतालमा उपचार भइरहेको थियो । स्वास्थ्य अवस्था एक्कासी जटिल भएपछि थप उपचारका लागि दुई साता ह्याम्स अस्पतालमा भर्ना गरिएको थियो । डा. सुवेदिको ४ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेका थियो ।

प्रतिक्रिया दिनुहोस्