Logo
|
Thursday 28th March 2024
Logo

epaper

उपत्यकामा जारी निषेधाज्ञा एक साता लम्बियो

तरकारी तथा खाद्यान्न पसल बिहान ११ बजेसम्म खुल्ने



जनस्वास्थ्य सरोकार, काठमाडौं । कोरोनाभाइरस संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी गरिएको निषेधाज्ञा अवधि एकसाता लम्बिएको छ ।

आइतबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा थप एक साता कायम रहने निर्णय गरेको हो ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले केही खुकुलो बनाएर एक साता निषेधाज्ञा थप गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार तरकारी तथा खाद्यान्न पसल बिहान ११ बजेसम्म खुल्नेछन् । अलनाइन डोम डेलिभरी सेवालाई पनि सुचारु गर्ने निर्णय भएको छ ।

शैक्षिक सत्र सुरु हुने वेला भएकाले प्रशासनले पुस्तक पसल पनि खोल्न दिने निर्णय गरेको छ । जसअनुसार पुस्तक पसल बिहान ११ बजेसम्म खुल्नेछन् । अपरान्ह ४ बजेपछि हार्डवेयर पसल पनि खोल्ने निर्णय भएको छ ।

पछिल्लोपटक थपिएको निषेधाज्ञाको समय सोमबार सकिँदै छ। काठमाडौँ उपत्यकामा गत वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ।

प्रतिक्रिया दिनुहोस्