Logo
|
Thursday 25th April 2024
Logo

epaper

आज विश्व रक्तदाता दिवस मनाइँदै



जनस्वास्थ्य सरोकार, काठमाडौँ । आज विश्व रक्तदाता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। रक्तदानको महत्त्वबारे जनचेतना फैलाउन हरेक वर्ष जुन १४ तारिखका दिन यो दिवस मनाउन गरिन्छ ।

मानव शरीरमा हुने रगतको समूह (ब्लड ग्रुप) पत्ता लगाउने वैज्ञानिक कार्ल ल्याण्डस्टिनरको जन्म दिनको अवसर पारेर सन् २००४ देखि विश्व रक्तदाता दिवस मनाउन थालिएको हो। यसवर्ष ‘विश्वलाई रगत दान गरौं र हरेकको धड्कन कायम गरौंँ ‘ भन्ने नाराका साथ संसारभर यो दिवस मनाइँदैछ ।

कस्ता व्यक्तिले रक्तदान गर्न सक्छन् ?
उमेरले १८ वर्ष पूरा भएको ६० वर्षसम्मका पुरुष वा महिलाहरूले रक्तदान गर्न सक्छन् । रक्तदान गर्ने मानिसको वजन ४५ केजी भन्दामाथि हुनुपर्छ । ब्लड प्रेशर ११०/७०, १६०/९५ मि.मि. मर्करी हुनुपर्छ ।

त्यसैगरी रक्तदान गर्ने मानिसको हेमोग्लोविन १२ ग्राम अथवा यो भन्दा माथि हुनुपर्छ । यतिमात्र होइन रक्तदान गर्ने मानिसमा मुटु, फोक्सो, कलेजो, राम्रो क्रियाशील अवस्थामा हुनुपर्छ । जण्डिस, मलेरिया, टाईफाइड, एडस, छारेरोग, क्षयरोग, मधुमेह, क्यान्सर, दम, उच्च रक्तचाप, मृगौलाको रोग, हेपाटाइटिस जस्ता रोगीहरूले रक्तदान गर्न हुँदैन ।

उल्लेखित रोग नभएका स्वस्थ मानिसले पुरुषले हरेक तीन महिनामा र महिलाहरूले महिनावारी नभएको अवस्थामा, बच्चा पेटमा नभएको अवस्थामा र बच्चाले दूध खाने अवस्थामा बाहेक वर्षको दुई पटक रक्तदान गर्न सक्छन् ।

दान गरेको रगत हाम्रो शरीरमा कसरी अपूर्ति हुन्छ ?
रक्तदान गरेको थोरै कम भएको रगत शरीरमा साधारण प्रक्रियाले स्वतः आपूर्ति हुन्छ । त्यस्तो विशेष ध्यान दिनु र विशेष खाना खान आवश्यक छैन ।

प्रतिक्रिया दिनुहोस्