Logo
|
Saturday 20th April 2024
Logo

epaper

झलनाथ खनाललाई थप उपचारका लागि नयाँदिल्ली लगिँदै



जनस्वास्थ्य सरोकार, काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि नयाँदिल्ली लगिने भएको छ ।

खनालको स्वास्थ्यमा सुधार नभएपछि बुधबार दिउँसो साढे बाह्र बजे दिल्ली लैजान लागिएको खनालको सचिवालयले जनाएको छ ।

स्वास्थ्यमा समस्या आएपछि खनाल जेष्ठ ३१ गतेदेखि काठमाडौंस्थित नर्भिक अस्पतालमा भर्ना हुनुभएको थियो । अस्पतालमा भर्ना भएसँगै अक्सिजनको सपोर्टमा राखेर उपचार भइरहेको छ ।

उहाँमा ‘मिर्गौला फेल’ पछिको स्वास्थ्य जटिलता देखिएको नर्भिक अस्पताल स्रोतले जनाएको छ ।

स्रोतका अनुसार नेता खनालको फोक्सोमा पानी जमेको छ । पिसाबमा पनि इन्फेक्सन देखिएको छ । अक्सिजन लेभल पनि राम्रो छैन ।

‘हिजो उहाँको शरीरमा दुई पिन्ट रगत दिन खोज्दा शरीरले एक पिन्टमात्रै लिन सक्यो, उहाँको मुटुले राम्रो काम गरिरहेको छैन।’ स्रोतले भन्यो ।

नर्भिक अस्पतालले खनालको यहीँ उपचार सम्भव भएको बताए पनि परिवारले भने दिल्ली लैजाने निर्णय गरेका छन् । उहाँलाई आज नर्भिकबाट नयाँ दिल्लीको एपोलो अस्पतालमा लान लागिएको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्