Logo
|
Thursday 28th March 2024
Logo

epaper

प्रयोगशाला क्षेत्र सुधारको लागि मेलानले बुझायो ५ बुँदे ध्यानाकर्षण पत्र



जनस्वास्थ्य सरोकार, काठमाडौं । मेडिकल ल्यावोरेटरी एसोसिएसन अफ नेपाल ( मेलान) ले प्रयोगशालाकर्मीहरुको दरबन्दी, परीक्षण शुल्क, जोखीम भत्ता, निजी क्षेत्रमा कार्यरत प्रयोगशालाकर्मीहरुको न्यूनतम पारीश्रमीक लगायत विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ५ बुदें ध्यानाकर्षण पत्र बुझाएको छ ।

मन्त्रालय बाट जारी ‘स्वास्थ्य संस्था सञ्चालन मापदण्ड -२०७७’ अनुसार प्रयोगशाला सञ्चालन गर्दा पुरा गर्नु पर्ने मापदण्ड स्वयं सर्वप्रथम नेपाल सरकारका प्रयोगशालाहरुमा लागु गरे मात्र सजिलै सर्व साधरणले गुणस्तरीय प्रयोगशाला सेवा पाउन सक्ने कुरा मेलानका केन्द्रीय अध्यक्ष राजेन्द्र खड्काले बताउनुभयो ।

पुरानै दरबन्दी, पुरानै संरचना ले मात्र प्रयोगशाला सेवा लाई समेटन नसकेको कुरा विद्यमान कोभिड -१९ को महामारी बाट छर्लङ्ग भएको वर्तमान परिबेश मा उक्त ध्यानाकर्षण पत्र माननीय मन्त्री शेर बहादूर तामाङ्ग लाई बुझाएको र सो सम्बन्धमा यथासीघ्र छलफल गरी अघि बढ्ने प्रतिबद्धता मन्त्रीबाट व्यक्त भएको कुरा मेलानका महासचिव रेशम अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्