शताब्दी पुरूष सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार, अस्पतालबाट डिस्चार्ज गरियो
जनस्वास्थ्य सरोकार, काठमाडौँ । वाङमय शताब्दी पुरूष डा. सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।
ललितपुरस्थित किष्ट शिक्षण अस्पतालले शुक्रबार एक प्रेस विज्ञप्ति निकालेर जोशीको स्वास्थ्य अवस्था सामान्य भएकाले चिकित्सकको सल्लाह बमोजिम डिस्चार्ज गरिएको जानकारी दिएको छ ।
‘हाल जोशी स्वास्थ्यमा सुधार भइ उहाँ हिड्डुल गर्न सक्नेहुनु भएको छ ।’ अस्पतालद्वारा जारी विज्ञप्तिमा भनिएको छ- ‘पल्मोनोलोजी कार्डिक तथा जेरियट्रिक फिजिसियनबाट समेत उहाँको अवस्था सुधारात्मक रहेको कुरा जानकारी भएकाले चिकित्सकको सल्लाह बमोजिम उहाँलाई शुक्रबार डिस्चार्ज गरिएको छ।’
यसअघि जोशीको श्वास प्रश्वासमा समस्या, छातीको संक्रमण, मुटुको चालमा गडबडीका साथै रक्तचापमा कमी देखिएपछि जेठ २६ गते उहाँलाई अस्पतालमा भर्ना गरिएको थियो ।