Logo
|
Thursday 25th April 2024
Logo

epaper

जन्मोत्सवमा २०० असहायलाई निःशुल्क भोजन, ६ घर परिवारलाई खाद्यान्न व्यवस्था



जनस्वास्थ्य सरोकार, काठमाडौं । मेची महाकाली बुहारी संयुक्त आवाज वाग्मति प्रदेश कार्यक्रम संयोजक एवं काठमाडौं संयोजक एन्जिला श्रेष्ठले आफ्नो जन्मोत्सवका अवसरमा २०० असहायलाई निशुःल्क भोजन गराउनुका साथै ६ घर परिवारलाई खाद्यान्नको व्यवस्था गरिदिनुभएको छ ।


उहाँले आफ्नो ३९ औं जन्मोत्सवका अवसरमा काठमाडौंको सामाखुशीमा २०० जनालाई निःशुल्क भोजन गराउनुका साथै ६ घर परिवारलाई चामल, दाल, नुन, तेल, मस्यौरालगायतका खाद्यान्न व्यस्थ गरिदिनुभएको हो ।

सो अवसरमा संस्थाकी सचिव रेखा थापा, आजिवन सदस्य हेमा शेरचन, लक्ष्मी बस्नेत, सदस्य सानु शर्मा, आइटि कन्सल्यान्ट किरण श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्