Logo
|
Friday 19th April 2024
Logo

epaper

यस्तो छ निवर्तमान स्वास्थ्यमन्त्री तामाङको १९ दिने कार्यविवरण



जनस्वास्थ्य सरोकार, काठमाडौँ । निवर्तमान स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले आफ्नो १९ दिने कार्यकालमा भएका उपलब्धीहरु सार्वजनिक गर्नुभएको छ ।
सर्वोच्च अदालतले मन्त्रिपरिषद् विस्तारको निर्णय तत्काल कार्यन्वयन नगर्न हिजो दिएको अन्तरिम आदेशसँगै स्वास्थ्यमन्त्री तामाङ सहित २० जना मन्त्री जिम्मेवारमुक्त भएका थिए ।
स्वास्थ्य मन्त्रीबाट जिम्मेवारमुक्त भएपछि तामाङले १९ दिने कार्यविवरण सार्वजनिक गर्नुभएको हो ।


आज सामाजिक सञ्जाल मार्फत कार्य विवरण सार्वजनिक गर्दै निवर्तमान स्वास्थ्यमन्त्री तामाङले कोरोना महामारी नियन्त्रणमा आफू इमान्दार रहेको बताउनुभयो ।


उहाँले कोरोना भाइरस विरुद्धको खोप ल्याउन सम्बन्धित सबै प्रकृया पुरा भएको र केहि दिनमै खोप आउने सुनिश्चित भएको दाबी समेत गर्नुभयो ।
यस्तो छ तामाङको १९ दिने कार्यविवरण

१. कोरोना नियन्त्रणमा ईमान्दार प्रयत्न । खोप ल्याउने सम्बन्धी सबै प्रकृया भएको र केही दिनमा नै खोप आउने सुनिस्चित भएको ।

(यदी पछिल्लो राजनीतिक घटनाक्रमले खोप आउन ढिलो हुने र नेपाली नगरिकको जीवन माथी नै तलमाथी भएमा त्यसको नैतिक जिम्मेवारी मेरो हुनेछ । राजनीतिको खेलमा नेपाली नगरिकको जीवनमाथी खेलवाड गर्ने छुट कसैलाई छैन ।)

२. सबै नेपाली जनताको स्वास्थ्य उपचार निशुल्क गर्ने सम्बन्धी छलफल र प्रारम्भिक प्रक्रिया शुरूवात ।

३. सम्पूर्ण सरकारी अस्पतालहरुलाई सुबिधासम्पन्न बनाई अस्पतालमा आउने सबै बिरामीलाई उपचारको सुनिश्चितता गर्ने प्रकृयाको आरम्भ भएको ।

४. गाँजाको औषधीय उपयोग र अनुसन्धानको लागि पहल शुरु भएको ।

प्रतिक्रिया दिनुहोस्