Logo
|
Friday 26th April 2024
Logo

epaper

बिपी प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीविरुद्ध अख्तियारमा उजुरी



जनस्वास्थ्य सरोकार, काठमाडौँ । धरानस्थिति बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।


डा. गिरीले कुनै पनि विश्वविद्यालयबाट वैध रुपमा प्राध्यापकको डिग्री नलिइकनै आफ्नो नामको अगाडि प्राध्यापक लेख्ने गरेको र सोहि हैसियतले प्रतिष्ठानको उपकुलपति भएको भन्दै अख्तियारमा उजुरी परेको हो ।


डा. गिरीको योग्यताको विषयमा प्रश्न उठाउँदै सुर्यविनायक-४ भक्तपुरका शशि विक्रम कार्की र याखु गाउँपालिका-६ सँखुवासभाका आशिष राइले उक्त विषयमा थप छानबिन गर्न अख्तियारमा उजुरी हालेका हुन् ।

प्रतिक्रिया दिनुहोस्