Logo
|
Thursday 18th April 2024
Logo

epaper

पेट बढेर हैरान हुनुहुन्छ ? अपनाउनुहोस् यस्ता उपाय



जनस्वास्थ्य सरोकार, काठमाडौँ । अहिलेको समयमा गलत खानपान , शारीरिक व्यायामको कमी जस्ता कुराले गर्दा मानिसको पेट बढ्दै गएको छ । पेट बढेको कारण मानिसहरु तनावमा रहने गर्छन् । पेटमा बोशो धेरै जमेको कारण मानिसलाई पेट लाग्ने गर्छ । यसले गर्दा कोलेस्ट्रोलको मात्रा बढ्ने गर्छ र मुटु समबन्धि रोग लाग्ने सम्भावना बडी हुन्छ । मानिसहरु आफ्नो पेट घटाउनको लागी विभिन्न उपायहरु अपनाउने गर्छन् । तर पनि पेट घटेको पाइदैन ।

पेट घटाउन ध्यान दिनुपर्ने कुराहरु यस्ता छन् :

१) मनतातो पानी पिउनुहोस् :

दिनभरी कम्तीमा पनि ३ देखि ४ ग्लास मनतातो पानी पिउनुहोस् । यसले तपाईंको पेटको बोसोलाई निकै छिटो पगाल्ने गर्दछ

२) बदाम (एल्मोन्ड) :

दैनिक ४ देखि ५ वटा बदाम खानुहोस् । यसमा पाइने भिटामिन इ, पोलिस्याचुरेटेड र मोनोस्याचुरेटेड फ्याटले भोक नियन्त्रण गर्दछ । यसले पेटको बोसो कम गर्नमा सहयोग गर्दछ ।

३) सौफ मिसिएको पानी :

एक कप पानीमा एक चम्चा सौफ हालेर त्यसलाई उमालेर नियमित रुपमा पिउनुहोस् । यसले तपाईंको पाचन प्रक्रियालाई सुधार्छ भने तपाईंको पेटको बोसोलाई पनि कम गर्दछ ।

४) दही :

दैनिक रुपमा एक कचौरा दही खानुहोस् । यसमा पाइने क्याल्सियमले पेटको बोसो बढाउने कार्टिसोल हर्मोनको लेभललाई कन्ट्रोल गरेर पेट घटाउन मद्दत गर्नेछ ।

५) हरियो सागसब्जी :

खानामा पालुङ्गो, मेथी र बन्दाजस्ता हरियो तरकारी समावेश गर्नुहोस् । यसमा प्रचुर मात्रामा फाइबर पाइने भएका कारण पेटको बोसो घटाउनमा सहयोग पुर्याउँछ ।

६) ब्रेकफास्ट :

बिहान प्रोटिनयुक्त ब्रेकफास्ट खानुहोस् । यसमा अन्डा, दुध, केरा र फलफुलजस्ता स्वस्थकर खानेकुरा समावेश गर्नुहोस् । यसले दिनमा पटक पटक भोक लाग्ने समस्याबाट छुटकारा दिन्छ ।

७) खाना खाँदा पानी नपिउनुहोस् :

खाना खाने बेलामा पानी नपिउनुहोस् । यसले खाना ठिक तरिकाले डाइजेस्ट हुन दिँदैन जसका कारण बोसो बढ्न थाल्छ । खाना खाएको १० वा १५ मिनेट पछि मात्र पानी पिउनुहोस् ।

८) एकैपटक नखानुहोस् :

खाना खाँदा एकैपटक नखानुहोस् । आफ्नो खानालाई २ वा ३ घण्टाको ग्यापमा खानुहोस् । यसले पेटको फ्याट घटाउँछ ।

९) ग्रीन टी :

ग्रीन टीमा पर्याप्त मात्रामा थायनाइन नामक एमिनो एसिड हुन्छ । यो एसिडले भोकलाई नियन्त्रण गर्दछ । यसले पेटको बोसो कम हुन्छ ।

१०) मह :

नियमित रुपमा एक ग्लास मनतातो पानीमा एक चम्चा मह मिसाएर पिउनुहोस् । यसले तपाईंको बोसो निकै छिटो समयमा घटाउन मद्दत गर्दछ

११) मर्निङ वक :

नियमित रुपमा २ देखि ३ किलोमिटर मर्निङ वकमा जानुहोस् । यसले क्यालोरी बर्न गर्न सहयोग गर्नेछ र बोसो घटाउनलाई सहयोग गर्दछ ।

१२) सोडा खाने बानीलाई त्याग्नुहोस् :

कार्बोनेटेड पेय पदार्थले तपाईंको पेट बढाउने भन्दा केही फाइदा पुर्याउँदैन । त्यसकारण आफ्नो यस्तो बानी छ भने आजदेखि नै छोड्नुहोस् । यसको सट्टा पर्याप्त मात्रामा पानी पिउनुहोस् ।

प्रतिक्रिया दिनुहोस्