Logo
|
Friday 19th April 2024
Logo

epaper

आयुर्वेदको कथा



जनस्वास्थ्य सरोकार, काठमाडौँ । आयुर्वेद विश्वकै प्राचिन चिकित्साशास्त्र हो । यसको प्रयोगको विषयमा विभिन्न धार्मिक ग्रन्थहरुमा उल्लेख रहेको पाइन्छ । यो अथर्ववेदको उपवेद हो ।

आयुर्वेद इशापूर्व ३ हजारदेखि ५० हजार वर्ष अगाडि विकास भएको मानिन्छ । मानव स्वास्थ्य शरीर, मन र आत्माको सन्तुलनमा निर्भर गर्छ भने रोग तिन प्रकारका दोषहरु : वात, पित्त र कफ को असन्तुलनको कारणले हुने विश्वास आयुर्वेदमा छ ।

स्वास्थ्य र रोगबारे आयुर्वेदको अवधारणाहरूले जडीबुटी मिश्रण, विशेष आहार र अन्य अद्वितीय स्वास्थ्य पद्धतिहरू जस्तै योग, पञ्चकर्म, क्षारसूत्रको प्रवर्तन गर्दछ ।

आयुर्वेदका भगवान धनवन्तरी हुन । समुन्द्र मन्थनको समयमा धनवन्तरी अमृत, संख, चक्र र जडीबुटीका साथ प्रकट भएका थिए । कात्तिक कृष्ण त्रयोदशीका दिन धनवन्तरि जयन्ती मनाउने गरिन्छ ।

तर यसको ज्ञानको सुरुवात भने ब्रह्माबाट भएको हो । ब्रह्माको यो ज्ञान दक्ष प्रजापतिबाट अश्वनी कुमारहरु हँुदै भगवान इन्द्रसम्म पुगेको कुरा धार्मिक ग्रन्थमा उल्लेख छ ।

सुश्रुत संहिता अनुसार भने भगवान इन्द्रले आफुले प्राप्त गरेको आयुर्वेदको ज्ञान धनवन्तरीलाई प्रदान गरे । धनवन्तरीले यो ज्ञान आफ्ना ७ जना शिष्य – औषधेनव, वैतरण, उरभ, गोपूररक्षित्, पौषकलावत, करविर्य र सुश्रुतलाई प्रदान गरे ।

कश्यप संहिता अनुसार इन्द्रमार्फत यो ज्ञान कश्यप, वशिष्ठ, भृगु, अत्रिलाई प्राप्त भयो । चरक, सुश्रुत, वागभटले आयुर्वेदलाई अथर्ववेदको उपवेद रूपमा मानेका छन भने कश्यपले यसलाई छुट्टै वेदका रूपमा परिभाषित गरेका छन ।

नेपाल, भारत, श्रीलङ्का लगायतका दक्षिण एसियाली मुलुकहरूमा आयुर्वेदको प्रयोग निकै नै बढी छ । हाल विश्वभरी नै आयुर्वेद वैकल्पिक उपचार पद्धतिको रूपमा प्रख्यात हुँदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्