Logo
|
Friday 26th April 2024
Logo

epaper

नवनियुक्त स्वास्थ्य मन्त्री कृष्णगोपाल श्रेष्ठद्धारा पदभार ग्रहण



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री कृष्ण गोपाल श्रेष्ठले पदभार ग्रहण गर्नुभएको छ । उहाँले आज साढे १२ बजे स्वास्थ्य मन्त्रालय पुगेर पदभार ग्रहण गर्नुभएको हो ।


स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्दै मन्त्री श्रेष्ठले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई कोरोना विरुद्धको खोप अभियानको पहिलो प्राथमिकतामा राखिने बताउनुभयो ।

मन्त्री श्रेष्ठले आजै वन तथा वातावरण मन्त्रालय र श्रम तथा रोजगार मन्त्रालयको कार्यभार समेत सम्हाल्दै हुनुहुन्छ ।


सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनपछि नियुक्त भएका २० मन्त्रीलाई पदमुक्त गरेपछि प्रधानमन्त्री ओलीको सिफारिसमा बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले बाँकी रहेका चार मन्त्रीलाई अन्य मन्त्रालयको जिम्मेवारी दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्