Logo
|
Thursday 28th March 2024
Logo

epaper

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार नाघ्यो, थप १९२० जनामा संक्रमण



जनस्वास्थ्य सरोकार,काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६००० जनामा गरिएको पीसीआर परीक्षणमा १३५३ र ३८३६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५६७ जनामा गरी १९२० जनामा संक्रमण पुष्टि भएको हो ।

आज काठमाडौं उपत्यकमा ४२४ जना संक्रमित थपिएका छन । जसमध्ये काठमाडौंमा २९२, ललितपुरमा १०० र भक्तपुरमा ३२ जनामा संक्रमण पुष्टि भएको छ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ३ हजार ७ कोरोना संक्रमणमुक्त भएका छन । नेपालमा हालसम्म ५ लाख ८४ हजार ३३४ जना संक्रमणमुक्त भइसकेका छन ।


पछिल्लो चौविस घण्टामा ३४ कोरोना संक्रमितको निधन भएको छ । यो सँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार ९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्