Logo
|
Sunday 19th January 2025
Logo

epaper

मेचीमहाकाली बुहारी संयुक्त आवाज काठमाडौद्धारा बाढी प्रभावित मेलम्ची क्षेत्रमा राहत वितरण



जनस्वास्थ्य सरोकार, सिन्धुपाल्चोक । मेचीमहाकाली बुहारी संयुक्त आवाज काठमाडौले विनासकारी बाढीका कारण ठूलो धनजनको क्षति पुगेको सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा राहत वितरण गरेको छ ।


मानवीय नाताले आफ्नो क्षमताले भ्याएसम्म सो क्षेत्रमा राहत वितरण गर्नुपर्ने आवश्यकता महसुस गरी मेचीमहाकाली बुहारी संयुक्त आवाज काठमाडौले राहत वितरण गरेको मेचीमहाकाली बुहारी संयुक्त आवाज बागमती प्रदेश कार्यक्रम संयोजक तथा काठमाडौ संयोजक अन्जिला श्रेष्ठले जानकारी गराउनुभयो ।


संयोजक श्रेष्ठको समन्वयमा सामाग्री उपलब्ध गराउन संस्थाकी सचिव रेखा थापा, काठमाडौ सह—संयोजक हरि माया पौडेल, उपाध्यक्ष कबिता श्रेष्ठ तथा सदस्यहरु लक्ष्मी बस्नेत हेमा शेरचन र सानू शर्मा घटनास्थल पुग्नुभएको थियो ।


स्थानीय निकायको समन्वयमा संस्थाको टोलीले हेलम्बुको चनौटे पुगेर २० घर परिवारलाई खाना पकाउने भाँडा प्रतिघर एक सेट, लत्ताकपडा र औषधि वितरण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्