Logo
|
Wednesday 24th April 2024
Logo

epaper

थप २४४४ जनामा संक्रमण, ४२ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार,काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६४८ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ५०९ र ४ हजार ९९२ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९३५ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ३ हजार ८५३ कोरोना संक्रमणमुक्त भएका छन । नेपालमा हालसम्म ५ लाख ८८ हजार १८७ जना संक्रमणमुक्त भइसकेका छन ।

पछिल्लो चौविस घण्टामा ४२ कोरोना संक्रमितको निधन भएको छ । यो सँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार ५१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्