Logo
|
Friday 26th April 2024
Logo

epaper

चिकित्सा शास्त्र तर्फको स्नातक तहको एकीकृत प्रवेश परीक्षा साउन नौ गतेदेखि ५ दिनका लागि सञ्चालन हुने



जनस्वास्थ्य सरोकार, काठमाडौं । चिकित्सा शास्त्र तर्फको स्नातक तहको एकीकृत प्रवेश परीक्षा साउन नौ गतेदेखि ५ दिनका लागि सञ्चालन हुने भएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले चिकित्सा शिक्षा तर्फको स्नातक परीक्षाका लागि अनुमती दिएपछि कोरोनाका कारण सर्दै आएको सो परीक्षा पाँच दिनका लागि सञ्चालन हुन लागेको हो ।


चिकित्सा शिक्षा आयोगका प्रवक्ता डिल्लीराम लुइँटेलका अनुसार, यसपटक काठमाडौँसहित धरान, पोखरा, चितवन र नेपालगञ्ज गरी चार स्थानमा परीक्षा परीक्षा केन्द्र तोकिएको छ ।


यसपटकको ३२ हजार ८०० जतिले परीक्षाका लागि फाराम भरेका छन् । त्यसमध्ये सबैभन्दा धेरै एमबीबीएसका बिद्यार्थी रहेको जानकारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्