Logo
|
Friday 29th March 2024
Logo

epaper

पूर्वप्रधानमन्त्री खनालको उपचार खर्च एमालेले व्यहोर्ने



जनस्वास्थ्य सरोकार, काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको सम्पूर्ण उपचार खर्च पार्टीले व्यहोर्ने भएको छ ।

एमाले महाधिवेशन आयोजक कमिटीको अन्तिम बैठकमा सम्बोधन गर्नेक्रममा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले खनालको उपचार खर्च व्यहोर्ने जानकारी दिनुभएको हो ।

भारतको एपोलो अस्पतालमा उपचाररत खनालको सबै उपचार खर्च पार्टीले व्यहोर्ने भएको छ । लगातार ज्वरो आएसँगै सास फेर्न गाह्रो भएपछि नर्भिक अस्पताल भर्ना हुनुभएका खनाल त्यसको दुई दिनपछि असार २ गते दिल्ली जानुभएको थियो ।

नेता खनालमा मिर्गौलामा समेत समस्या छ । कोरोनाबाट संक्रमणमुक्त भएलगत्तै उहाँ बिरामी हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्