Logo
|
Thursday 25th April 2024
Logo

epaper

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको सातौं शिखर सम्मेलन आजदेखि सुरू



जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको सातौं शिखर सम्मेलन आजदेखि सुरू भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषदको आयोजनामा शुरु भएको दुई दिने सम्मेलन यसपटक पनि कोरोना महामारीका कारण भर्चुअल रुपमा गरिदैछ ।

‘जनस्वास्थ्य संकटको बेला अनुसन्धान नीति र कार्यन्वयनको लागि प्रमाण’ भन्ने नाराका साथ आयोजना गरिएको सम्मेलनमा वैज्ञानिक, शोधकर्ता, विश्वविद्यालयहरू, विद्यार्थी, बाह्य विकास साझेदारहरू, स्वास्थ्य विज्ञ, मेडिकल चिकित्सकलगायतको सहभागिता रहेको छ ।

दुई दिने सम्मेलनमा लागि जनस्वास्थ्यसँग सम्बन्धित स्वदेशी ता विदेशी अनुसन्धानकताहरूले ४७ वटा अनुसन्धान मूलक कार्यहरूको मौखिक प्रस्तुती, १९ पोष्टर प्रस्तुती तथा २४ वटा आमन्त्रीत प्रस्तुतीकरण हुने परिषद्का प्रमुख डा. प्रदिप ज्ञवालीले बताउनुभयो ।

यसपटकको सम्मेलनमा पहिलो दिनमा कोभिड-१९ जनस्वास्थ्य संकट, नसर्ने रोगहरू तथा स्वास्थ्य प्रणाली र नीति सम्बन्धि आमन्त्रीत विज्ञहरू र प्रस्तुतकर्ताहरूको प्रस्तुति हुने बताइएको छ । परिषद्ले ७ वर्षदेखि आफ्नो स्थापनाको दिन पारेर स्वास्थ्य तथा जनसंख्यासम्बन्धी वैज्ञानिक सम्मेलन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्