Logo
|
Thursday 25th April 2024
Logo

epaper

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या २.३४ प्रतिशत



जनस्वास्थ्य सरोकार, नयाँ दिल्ली । भारतमा पछिल्लो पटक कोरोनाभाइरसका दैनिक सङ्क्रमितको सङ्ख्या २.३४ प्रतिशत रहेको पाइएको छ । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४३ हजार ७१ जना सङ्क्रमित थपिएका छन् ।

लामो समयपछि एक दिनमा ५० हजारभन्दा कम सङ्क्रमित भएको यो आठौँ पटक हो, मन्त्रालयका एक अधिकारीले भने । भारतमा अहिले सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या ९७.०९ रहेको मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

पछिल्लो एक दिनमा देशभरी कुल ५२ हजार २९९ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएको पाइएको छ । भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या भने चार लाख ८५ हजार ३५० रहेको छ ।

पछिल्लो एक हप्तामा भारतमा थप नयाँ सङ्क्रमितहरुको सङ्ख्या २।४४ प्रतिशत रहेको छ, भने दैनिक सङ्क्रमितहरुको सङ्ख्या २।३४ प्रतिशत रहेको छ, मन्त्रालयले भनेको छ । भारतमा एक दिनमा १८ लाख ३८ हजार ४९० जनाको कोरोना परीक्षण गरिएको छ ।

योसँगै भारतमा अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या ४१ करोड ८२ लाख ५४ हजार ९५३ पुगेको छ । एएनआई

प्रतिक्रिया दिनुहोस्