Logo
|
Friday 19th April 2024
Logo

epaper

देउवा सरकारको पहिलो प्राथमिकता जनताको जीवन सुरक्षा कोरोना भाइरसविरुद्धको खोप

आज देउवाद्धारा उपत्यकाका खोप केन्द्रहरुको अनुगमन



जनस्वास्थ्य सरोकार, काठमाडौं । सरकारको मुख्य प्राथमिकता वर्तमान जनताको जीवन सुरक्षा कोरोना भाइरसविरुद्धको खोपमा भएको बताएको भोलिपल्ट आज प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं उपत्यकाका कोरोना खोप केन्द्रको निरीक्षण तथा अनुगमनगर्दै हुनुहुन्छ ।

हिजो बेलुका विश्वासको मत लिने क्रममा देउवाले ‘सरकारको पहिलो प्राथमिकता, दोस्रो प्राथमिकता र तेस्रो प्राथमिकता खोप नै रहेको बताउनुभएको थियो । आज विहान १० बजेपछि प्रधानमन्त्रीको टोली उपत्यकाका केहि सरकारी र निजी अस्पतालमा पुगेर खोप वितरणका सहजता/असहजताबारे जानकारी लिने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

प्रधानमन्त्रीले आज नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल, पाटन अस्पताल, ललितपुर लगायतका खोपकेन्द्रको निरीक्षण गर्ने कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्