Logo
|
Wednesday 24th April 2024
Logo

epaper

आजदेखि ६ गतेसम्म यी खोप केन्द्रहरुबाट कोरोना विरुद्धको जोन्सोन एण्ड जोन्सोन खोप लगाइँदै

क—कसले लगाउन पाउने ?




जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौं जिल्लामा आजदेखि ३ दिनसम्म कोरोना विरुद्धको जोन्सन एण्ड जोन्सन खोप लगाइँदै छ । ६ गतेसम्म लगाइने सो खोप काठमाडौंका ४४ केन्द्रबाट उपलब्ध गराइने छ । कोभ्याक्स सुविधामार्फत अमेरिकाले नेपाललाई उपलब्ध गराएको जोन्सन एन्ड जोन्सनको खोप ५० देखि ५४ वर्ष उमेर समूहका नागरिकले पाउने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो खोप एक डोज मात्र दिइन्छ ।

गत असार २९ ग ते काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको संयोजकत्वमा बसेको बैठकले काठमाडौँका ४४ वटा खोप केन्द्रबाट साउन ४ देखि ६ गतेसम्म जोन्सन एण्ड जोन्सन खोप दिने निर्णय गरेको थियो ।

अमेरिकाबाट असार २८ गते जोन्सन एन्ड जोन्सनको १५ लाख ३४ हजार ८५० डोज खोप नेपाल आइपुगेको थियो ।

स्वास्थ्य मन्त्रालयका अनुसार जोन्सन एन्ड जोन्सनको खोप पूर्ण र अति अशक्त अपाङ्गता (वर्ग क र ख) भएका नागरिकहरू, नेपालमा बसोबास गरिरहेका शरणार्थीहरू र यसअघि खोप लगाउन छुटेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाईकर्मीहरुलाई समेत खोप दिने सरकारले निर्णय गरेको थियो ।
खोप केन्द्रहरु यस प्रकार छन्

प्रतिक्रिया दिनुहोस्