Logo
|
Tuesday 23rd April 2024
Logo

epaper

आज चीनबाट ८ लाख डोज भेरोसेल खोप आईपुग्दै



जनस्वास्थ्य सरोकार, काठमाडौँ । चीनबाट खरिद गरिएको थप ३२ लाख मध्ये पहिलो चरणमा आज ८ लाख डोज भेरोसेल खोप नेपाल ल्याइँदैछ । नेपाल वायुसेवा निगमको जहाजबाट अपरान्ह २ बजे सो परिमाणको खोप आइपुग्ने बताइएको छ ।

सो खोपलाई प्रदेश १, कर्णाली तथा सुदुरपश्चिमका प्रदेशमा वितरण गरिने तयारी भएको राष्ट्रिय खोप अभियानका संयोजक डा. झलक गौतमले बताउनुभयो ।

यसअघि चीनबाट आयात गरिएको भेरोसेल खोप अभियान प्रदेश २, वागमती, गण्डकी र लुम्बिनी प्रदेशमा संचालन गरिएको थियो ।

सरकारले गत महिना चीनको सिनोफार्म कम्पनीसंग ४० लाख डोज भेरोसेल खोप खरीद गर्ने सम्झौँता गरेको थियो । त्यसमध्येको ८ लाख डोज खोप गत २५ असारमै आइपुगेको छ । बाँकी ३२ लाख डोज खोप लिन नेपाल एयरलायन्सको विमानले आजको सहित शनिबारसम्म काठमाडौँ बेइजिङको ३ वटा उडान भर्नेछ ।

प्रतिक्रिया दिनुहोस्