Logo
|
Thursday 18th April 2024
Logo

epaper

काठमाडौंका ४ स्थानबाट खोप प्रमाणपत्र वितरण हुने



जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि काठमाडौं उपत्यकाका विभिन्न ४ स्थानबाट कोरोनाविरुद्धको खोप लगाएको प्रमाणपत्र वितरण गर्ने भएको छ ।

सांकेतिक फोटो

वैदेशिक रोजगारमा जाने कामदारले खोप लगाएको प्रमाणपत्र लिन सास्ती पाएको चौतर्फी आलोचना पछि मन्त्रालयले आजबाट सहजीकरण गर्न लागेको हो ।

यसअघि काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट मात्र प्रमाणपत्र वितरणको व्यवस्था गरिएको थियो । आजदेखि नयाँ बानेश्वरको मिनभवनस्थित नागरिक अस्पताल, ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा सेवा थप गरिएको मन्त्रालयका सचिव डा. रोशन पोखरेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्