Logo
|
Friday 26th April 2024
Logo

epaper

थप २२९५ जनामा कोरोना संक्रमण, १८०८ निको, १६ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा थप २२९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११८९२ पीसीआर परीक्षणमा १९०२ जना र ४३४१ एन्टिजेन परीक्षणमा ३९३ जना गरी २२९५ जनामा संक्रमण पुष्टि भएको हो ।

 पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९०६ जना कोभिड संक्रमित थपिएका छन् । आज काठमाडौंमा ६६५, भक्तपुरमा १०३ र ललितपुरमा १३८ जना संक्रमित थपिएका हुन् । 

पछिल्लो २४ घण्टामा १८०८ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै कोरोना संक्रमणका कारण १६ जनाको मृत्यु भएको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ८६४ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्