१२७१ जनामा कोरोना संक्रमण, १८४५ निको, १४ जनाको मृत्यु
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा थप १२७१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ८९८ जनाको पीसिआर गर्दा १०५८ र ३ हजार ४६ जनाको एन्टीजेन परीक्षण गर्दा २१३ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १४ जनाको मृत्यु भएको छ भने १ हजार ८४५ जना संक्रमणमुक्त भएका छन् ।
देशभर सक्रिय संक्रमितको संख्या २८ हजार ६ सय ७८ रहेको छ ।