Logo
|
Thursday 28th March 2024
Logo

epaper

चिरायु हस्पिटलद्धारा उपचार सेवामा छुट



जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौंको बसुन्धरास्थित चिरायु नेशनल हस्पिटलले मुलुकमा रहेका सम्पूर्ण औषधि व्यवसायी र उनीहरुको परिवारलाई उपचार सेवामा सहुलियत दिने सम्झौता गरेको छ ।

चिरायु नेशनल हस्पिटल र नेपाल औषधि व्यवसायी संघबीच औषधि व्यवसायी र उनीहरुका परिवारलाई उपचार सेवामा सहुलियत दिने सम्बन्धमा आज हस्पिटलका कार्यकारी निर्देशक चन्डेश्वर बैद्य र संघका अध्यक्ष मृगेन्द्र मेहर श्रेष्ठ बीच सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो ।

औषधि व्यवसायीहरुको उपचारमा लाग्ने अस्पतालको वेड शुल्कमा २० प्रतिशत, डायग्नोसिसमा १५ प्रतिशत, प्रोस्युडर शुल्कमा १२ प्रतिशत, फार्मेसी शुल्कमा ८ प्रतिशत, वेलनेश प्याकेजमा ५ प्रतिशत र एम्बुलेन्स सेवामा ५ प्रतिशत शुल्क डिस्काउन्ट दिने सो सम्झौतामा उल्लेख छ । यसैगरी औषधि व्यवसायीका परिवारका सदस्यहरुले भने वेड शुल्कमा १५ प्रतिशत, डायग्नोसिस शुल्कमा १० प्रतिशत, प्रोस्युडर शुल्कमा १० प्रतिशत, फार्मेसी शुल्कमा ८ प्रतिशत र एम्बुलेन्स शुल्कमा ५ प्रशित डिस्काउन्ट पाउनेछन् ।


त्यति मात्र नभई औषधि व्यवसायीहरुले सिफारिस गरेका व्यक्तिहरुलाई वेड शुल्कमा १० प्रतिशत, डायग्नोसिस शुल्कमा १० प्रतिशत, प्रोस्युडर शुल्कमा १० प्रतिशत, फार्मेसी शुल्कमा ८ प्रतिशत, वेलनेस प्याकेजमा ५ प्रतिशत र एम्बुलेन्स सेवामा ५ प्रतिशत डिस्काउन्ट दिइने भएको सम्झौता पत्रमा उल्लेख छ ।


हाल मुलुकमा २१ हजारभन्दा बढी औषधि व्यवसायीहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्