Logo
|
Friday 26th April 2024
Logo

epaper

विश्व मानसिक स्वास्थ्य दिवस २०२१ः सकारात्मक सोचलाई प्रोत्साहन



जनस्वास्थ्य सरोकार, काठमाडौं । ‘सबैका लागि मानसिक स्वास्थ्यः यसलाई वास्तविकतामा उतारौंं’ भन्ने मूल नाराका साथ विश्व मानसिक स्वास्थ्य दिवस २०२१ नेपालमा पनि विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाइँदैछ । हरेक वर्ष अक्टोबल १० मा विश्व मानसिक स्वास्थ्य दिवस मनाउने गरिएको छ ।


कोभिड—१९ महामारीले मानिसको मानसिक स्वास्थ्यमा ठूलो असर पारेको छ । यसले स्वास्थ्य क्षेत्रलगायत अग्रपक्तिमा काम गर्ने व्यक्ति, विद्यार्थी, एक्लै बस्ने मानिस र विगतदेखि मानसिक स्वास्थ्य बिग्रिएकाहरु निकै प्रभावित भएका छन् । कतिपय व्यक्ति मानसिक र न्युरोलोजिकल सेवा लिनबाट बञ्चित छन् ।

तैपनि आश मरेको छैन । मे २०२१ मा विश्व स्वास्थ्य सम्मेलनले सबै स्तरमा गुणस्तरीय मानसिक स्वास्थ्य सेवाको आवश्यकता महसुस गराएको छ ।

केही देशहरुमा मानसिक स्वास्थ्यका नयाँ तरिकाहरु अपनाइएको भेटिएको छ ।

यस वर्षको मानसिक स्वास्थ्य दिवसले सकारात्मक कथाहरुलाई उच्च प्राथमिकतामा राख्न प्रोत्साहित गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्