Logo
|
Friday 29th March 2024
Logo

epaper

तिहार मनाउन उपत्यकाबाट बाहिरिने यात्रुलाई कोरोना विरुद्धको खोप



जनस्वास्थ्य सरोकार, काठमाडौं । दोस्रो ठुलो पर्व तिहार मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुहरुलाइ लक्षित गरि कोरोना विरुद्धको खोप लगाउन थालिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमान्डौबाट बाहिरिने मुख्य मुख्य चार नाकाहरुको बसपार्कबाट कोरोनाविरुद्धको खोप कार्यक्रम सन्चालन गरेको हो ।

कोटेश्वर चोक, गोंगबुस्थित नयाँबसपार्क, बल्खु चोक र कलंकी चोकमा यात्रुहरुलाई खोप निःशुल्क दिन सुरु गरिएको छ ।

खोपको यो कार्यक्रम आज र भोलि दुई दिन चल्ने स्वास्थ्य मन्त्रालयको खोप शाखाले जनाएको छ । खोप कार्यक्रम बिहान साढे ७ बजेदेखि चार बजेसम्म सञ्चालन हुनेछ । खोप लगाउनका लागि यात्रुहरुले उमेर खुल्ने परिचय पत्र देखाउनुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्