Logo
|
Friday 29th March 2024
Logo

epaper

किड्नी डेडिकेटेड अत्याधुनिक ‘प्रथम प्याथोलोजी ल्याब’ सञ्चालनमा

प्याथोलोजी सेवामा समय, उच्च गुणस्तरीय रिपोर्ट र विश्वसनीयताको महत्वपूर्ण भूमिका



जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौंको पानीपोखरीस्थित किड्नी डेडिकेटेड ‘अत्याधुनिक प्रथम प्याथोलोजी ल्याब’ शुरु भएको छ । वरिष्ठ मिर्गौला रोग विशेषज्ञ एवं त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ मेडिसिन (आइओएम) की डिन प्रा.डा. दिव्या सिंहले सो ल्याबको उद्घाटन गर्नुभयो ।

अत्याधुनिक उपकरणमा आधारित किड्नी प्याथोलोजी लगायत सम्बन्धित सम्पूर्ण सब स्पेशलाइज प्याथोलोजी सेवा एउटै छानामुनी रहेर उपलब्ध गराउने उद्देश्यले वरिष्ठ प्याथोलोजिष्ट डा. निराजन मैनालीको सक्रियता र अध्यक्षतामा सो ल्याब सञ्चालनमा आएको हो । प्रथम प्याथोलोजी ल्याबसँगै अब मिर्गौला वायेप्सी परीक्षण गर्न नमुनाहरु विदेशमा पठाउनुपर्ने बाद्यता समाधान हुनेमा आफू विश्वस्त भएको प्रा.डा. सिंहले बताउनुभयो ।


वास्तवमा प्याथोलोजी सेवा नै रोग पहिचान र निदानको पहिलो खुड्किलो हो । यहिँबाट गडबडी भयो भने मान्छेको जीवन नै गडबडी हुन्छ । प्याथोलोजी सेवामा गुणस्तरीय उपकरणको महत्वपूर्ण भूमिका रहन्छ । यसलाई चलाउन सक्ने दक्ष प्राविधिक अर्को महत्वपूर्ण भाग हो । त्यसैले प्याथोलोजी सेवामा समय, उच्च गुणस्तरीय रिपोर्ट र विश्वसनीयताको महत्वपूर्ण भूमिका हुन्छ । व्यक्तिको पहुँच र आरामदायी सेवाको पनि त्यत्तिकै महत्वपूर्ण भूमिका हुन्छ । ‘यसैलाई दृष्टिगत गरेर हामीले अहिले अत्याधुनिक उपकरणसहितको प्रथम प्याथोलोजी ल्याब सञ्चालनमा ल्याएको छौं ।’— वरिष्ठ प्याथोलोजिष्ट एवं प्रथम प्याथोलोजी ल्याबका अध्यक्ष डा. निराजन मैनालीले भन्नुभयो— ‘देश बाहिर रगत टेष्ट गर्न जान पर्दैन’ भन्ने मान्यताका साथ काम गरेका छौं । आ—आफ्नो विधामा स्पेशलाईज गरेका दक्ष प्याथोलोजिष्टहरुको बलियो टिम छ । म किड्नी प्याथोलोजीबाहेक अरु हेर्दिन । स्पेशलाईज प्याथोलोजिष्ट डाक्टरले मात्र सम्बन्धित व्यक्तिको रिपोर्ट हेर्ने हाम्रो मान्यता हो । हामीले ३ देखि ४ वर्षभित्र बाहिरिने अधिकांश नमुना रोक्ने लक्ष्यका साथ काम अघि बढाएका छौं ।’

बिरामीहरुले ल्याब रिपोर्ट बोकेर हिड्नपर्ने समस्या समाधानका लागि प्रथम प्याथोलोजी ल्याबले ल्याब र यसको रिपोर्टसम्बन्धि अत्याधुनिक मोबाइल एप सञ्चालनमा ल्याएको छ । बिरामीले आफ्नो सम्पूर्ण रिपोर्ट सो एपमा हेर्न सक्ने डा. मैनालीले बताउनुभयो ।

कहिलेकाँही डायग्नोसिस गलत पनि हुनसक्ला तर प्याथोलोजिष्टले भनेका कुरा अन्तिम हुन्छ । त्यसमा रेडियोलोजी पनि हुँदैन र क्लिनिसियनले भनेका कुरा पनि हुन सक्दैन । अहिले नेपालमा गल्ली गल्लीमा प्याथोलोजी ल्याव खुलिरहेका छन् । तर यिनीहरुले दिने सेवाको गुणस्तर र विश्वसनीयतामाथि पर्याप्त बहस भएको छैन । पर्याप्त अनुगमन पनि भएको छैन । यसको मारमा पर्छन् सर्वसाधारण । जीवनमा कहाँ, के गर्ने भन्दा पनि के महत्वपूर्ण छ भन्ने कुराले महत्व राख्दो रहेछ । त्यसैले उच्च गुणस्तरीय रिपोर्ट चाँडो दिनुपर्छ भन्ने आफ्नो मान्यता भएको डा. मैनालीको भनाइ छ ।

यद्यपी नेपालका कुनै पनि ल्याबमा गरिएको परीक्षणको रिपोर्टको विश्वसनीयता अन्तर्राष्ट्रिय मापदण्डसँग मेल खाने भयो भने मात्र हाम्रो राष्ट्रिय जनस्वास्थ्य नीति विश्व मापदण्डको हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस्