Logo
|
Friday 26th April 2024
Logo

epaper

पछिल्लो २४ घण्टामा ३७७ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ३७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

६ हजार ५०५ जनाको पीसीआर परीक्षण गर्दा ३३९ जना र २ हजार ६४४ जनाको एन्टिजेन परीक्षण गर्दा ३८ जना गरी ३७७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १४५ जना कोभिड-१९ संक्रमित थपिएका छन् । काठमाडौंमा १०१, भक्तपुरमा ११ र ललितपुरमा ३३ जना संक्रमित थपिएका हुन् ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ भने १७० जना निको भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ४७६ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्