Logo
|
Thursday 25th April 2024
Logo

epaper

ललितपुर महानगरपालिकाले मंसिर २ र ३ गते भेरोसेलको दोस्रो मात्रा लगाउने



जनस्वास्थ्य सरोकार, ललितपुर । ललितपुर महानगरपालिकाले कोरोना विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएकालाई यहि मंसिर २ र ३ गते दोस्रो मात्र खोप लगाउने भएको छ।

भेरोसेल खोपका दोस्रो मात्रा खोपको पर्खाइमा रहेका व्यक्तिहरुका लागि मंसिर २ र ३ गते (बिहीबार र शुक्रबार) दोस्रो मात्र लगाउने कार्यक्रम रहेको ललितपुरका प्रमुख प्रशासकिय अधिकृत गणेश अर्यालले जानकारी दिनुभयो ।


महानगरपालिकाले भेरोसेल खोपको पहिलो मात्रा लगाएको २१ दिन पुगेका व्यक्तिले आ-आफ्नो वडामा सम्पर्क गरि खोप लगाउन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्