Logo
|
Thursday 28th March 2024
Logo

epaper

थप २९९ जनामा कोरोना संक्रमण, २६० संक्रमणमुक्त



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा थप २९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

गत २४ घण्टामा आरटी–पीसीआर र एन्टिजेन बिधिबाट ११ हजार १५१ जनाको नमूना परीक्षण गर्दा बिहीबार २९९ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ७ हजार ८६३ जनाको पीसीआर र ३ हजार २८८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

सोही अवधिमा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४८९ पुगेको छ।

त्यस्तै पछिल्ल्लो २४ घण्टामा २६० जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्