Logo
|
Tuesday 16th April 2024
Logo

epaper

प्रयोगशाला रिपोर्टमा डिजिटल हस्ताक्षर बन्देज गर्ने काउन्सिलको निर्णय फिर्ता लिन एसिपिएनको अनुरोध



जनस्वास्थ्य सरोकार, काठमाडौँ । एसोसियन अफ क्लिनिकल प्याथलोजिष्ट अफ नेपाल (एसिपिएन) ले स्क्यान गरिएको हस्ताक्षर प्रयोग नगर्न सबै अस्पताल, क्लिनिक, स्वास्थ्य केन्द्र तथा दर्तावाल व्यवसायीलाई नेपाल मेडिकल काउन्सिलले गरेको सुचना सच्याउन अनुरोध गरेको छ ।


कानूनी मान्यता प्राप्त डिजिटल हस्ताक्षर बिरामीको उपचारका लागि सहयोग हुने भएकाले जारी प्रयोगशाला रिपोर्टमा बन्देज गर्ने काउन्सिलको निर्णय फिर्ता लिन एसिपिएनले अनुरोध गरेको हो ।


नेपाल सरकारले विद्युतीय कारोबार ऐन २०६३ मा डिजिटल हस्ताक्षरलाई मान्यता दिएको अवस्थामा काउन्सिलले कानुनी वैद्यताको प्रश्न उठाउनु कानून सम्मत नभएको र वेब बेस्ट सफ्टवेरको प्रयोगले प्याथलोजिष्टहरुलाई आफू प्रयोगशालामा भौतिक उपस्थित रहेको बेला समेत सेवाग्राहीले रिपोर्ट खोजेमा भौतिक उपस्थितिमा जस्तै हेरेर मात्रा भ्यालिडेट गर्ने सुविधा दिएको उल्लेख गरेको छ । साथै सेवाग्राहीलाई अनलाइनबाटै रिपार्ट हेर्ने र घरबाटै रिपोर्ट प्रिन्ट गर्ने सुविधा दिएकाले प्रयोगशालाको काममा कागजको प्रयोग न्यूनिकरण गरेको एसिपिएनका महासचिव डा. निराजन मैनालीद्धारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।

bigyapti-2


काउन्सिलले स्क्यान गरिएको हस्ताक्षर भन्दा डिजिटल हस्ताक्षर नभइ अरु केहि जनाउन खोजेको भए सो समेत स्पष्ट पारिदिन एसिपिएनले अनुरोध गरेको छ ।


अरु कसैको हस्ताक्षर दुरुपयोग गर्नु अपराध भएको उल्लेख गर्दैै त्यस्ता व्यक्तिलाई कानूनी दायरामा ल्याउनुपर्ने एसिपिएनको भनाई छ ।
गत कात्तिक ३० गते नेपाल मेडिकल काउन्सिलले स्क्यान गरिएको हस्ताक्षरको कानूनी बैद्यताबारे प्रश्न उठ्ने भएकाले आधिकारिक रिपोर्टहरुमा स्वास्थ्यकर्मीले हाँसिल गरेको विज्ञतामा मात्र व्यवसायिक दर्ता प्रमाणपत्र प्राप्त व्यक्तिको हस्ताक्षर गर्न गराउन र स्क्यान गरिएको हस्ताक्षर प्रयोग नगर्न सबै अस्पताल क्लिनिक, स्वास्थ्य केन्द्र तथा दर्तावाला व्यवसायीलाई सूचित गरेको थियो ।


साथै सबै व्यवसायीले आफूले हाँसिल गरेको तह र विज्ञताको विषय तथा सम्बिन्धित परिषद्ले प्रदान गरेको प्रमाणपत्र नम्बर उल्लेख गरी हस्ताक्षर गर्न निर्देशन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्