Logo
|
Thursday 25th April 2024
Logo

epaper

१२ वर्षदेखि १८ वर्ष उमेर समूहका बालबालिकालाई फाइजर खोप लगाइँदै



जनस्वास्थ्य सरोकार, काठमाडौँ । १२ वर्ष माथिका दीर्घरोगीलाई मात्र लगाइने भनिएको फाइजर खोप १२ देखि १८ वर्षका अन्य बालबालिकालाई पनि लगाइने भएको छ ।

अमेरिकी सरकारले नेपाललाई उपलब्ध गराएको एक लाख ६२० मात्रा फाइजर खोप सुरुमा अस्पतालमा उपचार गराइरहेका दीर्घ रोगीलाई मात्र लगाइने भनिएको थियो ।

झण्डै ४५ हजारलाई पहिलो मात्रा लगाउन पुग्ने खोप हिजो सम्ममा ७ हजार ३ सय ६४ जनाले मात्रै लगाएका छन् । ठूलो संख्यामा खोप जगेडा बसेकाले १२ देखि १८ वर्ष उमेर समूहका अन्य बालबालिकालाई पनि खोप लगाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिनुभयो ।

खोप लगाउनका लागि यस अघि नै तोकिएका ७ प्रदेशका २४ वटा अस्पतालबाट लगाइने छ । खोप लगाउन जाँदा जन्मदर्ताको प्रमाणपत्र लिएर जानुपर्ने व्यवस्था गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले फाइजर खोप १२ देखि १५ वर्ष उमेर समूहमा ९५ प्रतिशत प्रभावकारी हुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्