Logo
|
Tuesday 23rd April 2024
Logo

epaper

३८५ जना कोरोना संक्रमित थपिए, ४ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३८५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाबाट ९ हजार ९२१ पीसीआर र २ हजार ७७६ जनाको एन्टीजेन परीक्षणका क्रममा ३८५ जनामा संक्रमण पुष्टि भएको हो ।

 पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १७० जना कोभिड संक्रमित थपिएका छन् । आज काठमाडौंमा १२४, भक्तपुरमा १० र ललितपुरमा ३६ जना संक्रमित थपिएका हुन् ।  

यो सँगै नेपालमा कुल संक्रमितको संख्या ८ लाख १९ हजार ३८६ जना पुगेको छ। गत २४ घण्टामा २५८ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ८ लाख १७ पुगेको छ।

उक्त अवधिमा ४ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५०० पुगेको छ। हाल ९८ जना क्वारेन्टाइनमा छन्। कुल संक्रमितमध्ये ७ हजार २६९ जना सक्रिय संक्रमित छन्।

प्रतिक्रिया दिनुहोस्