Logo
|
Thursday 28th March 2024
Logo

epaper

कांग्रेस नेता बस्नेत अस्पताल भर्ना



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री मोहनबहादुर बस्नेत अस्पताल भर्ना हुनुभएको छ । उहाँलाई रुघाखोकी र ज्वरो देखिएपछि सोमबार काठमाडौँको थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो ।

कांग्रेस अधिवेशनका क्रममा गृह जिल्ला सिन्धुपाल्चोकमा रहनुभएका नेता बस्नेत रुघाखोकी र ज्वरोबाट पीडित हुनुभएको हो । जाँचका क्रममा चिकित्सकको सल्लाहअनुसार अस्पताल भर्ना गरिएको नेता बस्नेतका सञ्चार सहयोगी रामचन्द्र दुलालले जानकारी दिनुभयो । उहाँ पार्टीको १४औँ महाधिवेशन सम्पन्न गर्नका लागि गठित स्वास्थ्य समितिका संयोजकसमेत हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्