Logo
|
Tuesday 7th May 2024
Logo

epaper

मंगलबार २ सय ७३ जना कोरोनामुक्त, ३५१ जना संक्रमित



जनस्वास्थ्य सरोकार, काठमाडौं । मुलुकमा आज ३५१ जनामा कोरोना संक्रमण देखिएको छ। ८ हजार ७२९ पिसिआर परीक्षणमा ३ सय १३ र १ हजार ४४५ जनाको एन्टिजेन परीक्षणमा ३८ गरी ३ सय ५१ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसैगरी २४ घन्टाको अवधिमा आज २ सय ७३ जना कोरोनामुक्त भएका छन् । यो सँगै हालसम्म निको हुनेको संख्या ८ लाख ८ सय ९० पुगेको छ । आज थप ९ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मुलुकमा सक्रिय संक्रमितको संख्या ७ हजार ३०० रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्