Logo
|
Friday 29th March 2024
Logo

epaper

भारत जान क्युआर कोडसहितको कोरोना खोप प्रमाणपत्र अनिवार्य



जनस्वास्थ्य सरोकार, काठमाडौं । मित्रराष्ट्र भारत प्रवेश गर्न क्यूआर कोडसहितको कोरोना खोप प्रमाणपत्र अनिवार्य गरिएको छ । यसका लागि दुवै देशका प्रतिनिधिहरूले नेपाल र भारत आवतजावतमा ‘रेसिप्रोकल रिकग्निसन अफ कोभिड भ्याक्सिन सर्टिफिकेट’ अर्थात् खोप प्रमाणपत्र आवश्यक हुनेगरि सम्झौता गरेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव रोशन पोख्रेलका अनुसार अब सीमा नाका तथा विमानस्थलमा कोरोनाविरुद्धको खोप लगाएको प्रमाणपत्र देखाएर मात्रै भारत जान पाइने छ । यसैगरी भारतबाट नेपाल आउन पनि खोप प्रमाणपत्र हुनुपर्ने व्यवस्था गरिएको छ ।

नेपालको तर्फबाट सचिव पोखरेल र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले सो सहमतिमा हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्