Logo
|
Tuesday 23rd April 2024
Logo

epaper

ओमिक्रोन भेरियन्ट कति घातक छ भन्ने बारेमा अनुसन्धान हुँदैछ : डब्ल्यूएचओ



WHO Head-Quater in Geneva, Switzerland. Copyright : WHO/Pierre Virot

जनस्वास्थ्य सरोकार, जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले हालै अफ्रिकामा देखा परेको भनिएको कोरोनाको ओमिक्रोन भाइरस के कत्तिको खतरनाक छ र यसले मानिसको स्वास्थ्यमा कति क्षति गर्छ भन्ने बारेमा अनुसन्धान हुन बाँकी रहेको बताएको छ।

विश्व स्वास्थ्य संगठनले यो भाइरस मानिसबाट मानिसमा सजिलै सर्छ या यसले मानिसको स्वास्थ्यमा के कति मात्रामा क्षति गर्छ भन्ने विषयमा अनुसन्धान जारी रहेको र अहिले नै यसको खतरना स्वरुपका बारेमा स्पष्ट नभएको आइतबार जनाएको छ।

दक्षिण अफ्रिकाको धेरै जनसंख्या रहेको प्रान्त खाउतेङमा हालैमात्र यो कोरोना भाइरसको यो नयाँ भेरियन्ट देखिएको बताइएको छ। यहाँ गएको दुई साता यताका परीक्षणहरुमा यो भेरियन्टको विकास भएको बताइएको छ।

त्यसपछि यो भाइरस दक्षिण अफ्रिकाका अन्य प्रान्तमा पनि देखिएको छ। ओमिक्रोनलाई यसअघिको डेल्टा भाइरसभन्दा पनि खतरनाक र चिन्ताजनक भेरियन्ट भनिएको छ। प्रारम्भिक प्रमाणहरूले उक्त भेरियन्टमा यसअघिका भाइरसहरुमा भन्दा पनि संक्रमणको जोखिम उच्च रहेको बताइएको छ।

विश्व स्वास्थ्य संगठनले दक्षिण अफ्रिकामा यो नयाँ भेरियन्ट भेटिएको भनिएको सो प्रान्तमा कोरोना भाइरसका कारण मानिसहरु भर्ना हुनेहरु बढिरहेको पाइएको बताइएको छ तर पनि यो नयाँ भेरियन्ट के कति मात्रामा बढी घातक छ भन्ने बारेमा भने अझै अनुसन्धान भइनसकेको जनाएको छ।

यो महिनाको सुरुमा दक्षिण अफ्रिकामा पत्ता लागेको यस भाइरसबारे गत बुधवार विश्व स्वास्थ्य संगठनलाई जानकारी गराइएको थियो।

सो भेरियन्ट केही दिनमै विश्वका कैयौँ देशमा फैलिइसहेको बताइएको छ। बेलायतमा पनि यो नयाँ भेरियन्ट देखिएको बताइएको थियो। त्यस्तै आइतबार यो भेरियन्ट क्यानाडामा पनि देखिएको बताइएको छ।

रासस

प्रतिक्रिया दिनुहोस्