Logo
|
Saturday 20th April 2024
Logo

epaper

सोमबार २५९ जनामा कोरोना संक्रमण, २६४ संक्रमणमुक्त



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २५९ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ७ हजार २३१ पीसीआर र २ हजार ६५७ जनाको एन्टीजेन परीक्षणका क्रममा २५९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यो सँगै कुल संक्रमितको संख्या ८ लाख २१ हजार १२१ जना पुगेको छ। कुल संक्रमितमध्ये ६ हजार ९४४ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा २६४ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ८ लाख २ हजार ६५३ पुगेको छ।

उक्त अवधिमा १ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५२४ पुगेको छ। हाल ९८ जना क्वारेन्टाइनमा छन्। १५९ जना आइसीयू र ३७ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्