Logo
|
Saturday 20th April 2024
Logo

epaper

मेडिकल काउन्सिलको उपाध्यक्षमा डा शिवजी पौडेल निर्वाचित



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको उपाध्यक्षमा डा शिवजी पौडेल विजयी हुनुभएको छ । डा पौडेलले ५०७२ मत ल्याउँदै जित हासिल गर्नुभएको हो । उहाँले प्रतिस्पर्धी भन्दा दोब्बरभन्दा बढी मत प्राप्त गर्नुभएको थियो।

उहाँका निकटतम प्रतिस्पर्धी डा प्रमोदकुमार यादवको २४३७ मत आएको छ। यस्तै अर्का प्रतिस्पर्धी डा रामपरिक्षण यादवको ७६२ मत आएको छ।

सदस्यहरुमा सबैभन्दा बढी मत ल्याएर डा हुलास अग्रवाल विजयी हुनुभएको छ । उहाँको ४४५९ मत आएको छ। डा तोसिमा कार्की, डा कालुसिंह खत्री, डा गुरुशरण साह, डा कुन्जन शेर्पा, डा रुपक घिमिरे, डा विश्वराज दवाडी र डा रोहित कुमार मिश्र सदस्यमा विजयी हुनुभएको छ।

काउन्सिल निर्वाचनमा ९ हजार ३१८ मत खसेको थियो। एक उपाध्यक्ष र ८ सदस्यका लागि ३५ जना चुनावी मैदानमा उत्रिएका थिए।

काठमाडौं उपत्याकाबाहिर ३ र ४ गते उपत्यकाभित्र र धुलिखेलमा १० र ११ गते मतदान भएको थियो।

प्रतिक्रिया दिनुहोस्