Logo
|
Saturday 20th April 2024
Logo

epaper

आज विश्व एड्स दिवस: ‘असमानता हटाऔं, एड्स अन्त्य गरौँ’



जनस्वास्थ्य सरोकार, काठमाडौँ । आज ३४ औं विश्व एड्स दिवस नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।

सन् १९८८ देखि प्रत्येक वर्ष डिसेम्बर १ तारिखमा दिवस मनाउने गरिन्छ । यस वर्ष दिवसको नारा ‘असमानता हटाऔं, एड्स अन्त्य गरौँ’ भन्ने रहेको छ ।

एचआईभी र एड्स सम्बन्धी प्रभावकारी रोकथाम, हेरचाह, सहयोग तथा उपचार सेवाका लागी विश्वव्यापी ध्यानाकर्षण गर्दै जनचेतना जगाउन विदिवस मनाउने गरिन्छ ।

सुईको माध्यबाट लागूपदार्थ प्रयोग गर्ने तथा असुरक्षित शारीरिक सम्पर्कका कारण एचआईभी एड्सको जोखिम हुने राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले जनाएको छ ।

केन्द्रीय तथ्याङ्कको विवरण अनुसार नेपालमा एचआईभी एड्सको संक्रमणदरमा कमी हुँदै गएको पाइएको छ । १० वर्षको तथ्याङ्कलाई आधार मान्दा नेपालमा ६३ प्रतिशतले संक्रमणदर घटेको पाइएको हो । त्यस्तै एड्सका कारण हुने मृत्यु ५५ प्रतिशतले घटेको छ ।

नेपालमा तीस हजार तीन सय व्यक्ति एचआईभी एड्सबाट संक्रमित छन् । त्यस्तै सन् २०२० मा ७ सय ५४ जना संक्रमित भए ।

दिगो विकास लक्ष्य अन्तर्गत नेपालले सन् २०३० सम्म एड्स महामारी अन्त्य गर्ने लक्ष्य राखेर एचआईभी रोकथाम, उपचार र हेरचाह कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

नियमित रुपमा एन्टिरेट्रो भाइरल औषधि सेवन गरेमा एचआईभी सङ्क्रमित व्यक्तिले स्वस्थ जीवनयापन गर्न सक्छन् । सरकारले एचआईभी सङ्क्रमितलाई तोकिएका स्वास्थ्य संस्थाबाट निःशुल्क एन्टिरेट्रोभाइरल उपचार सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्