Logo
|
Tuesday 23rd April 2024
Logo

epaper

मुटु जाँचका आयाम



ई.सी.जी. र इको


ई.सी.जी. मुटुको सामान्य जाँच हो । यसले मुटुको चाल र गतिको सामान्य जानकारी गराउँछ । हृदयघात भएन भएको सामान्यत छुट्याउन मद्दत गर्छ ।

इको कार्डियोग्राफीले मुटुको बनोट, भल्व, मांसपेशीको बाक्लोपन, ट्रान्स थोरासिस, मुटुको खुम्चिने शक्ति (सिस्टोलिक फंसन) र डायस्टोलिक फंसन, मुटुको झिल्लीमा पानी भएको वा नभएकोबारे सामान्य रुपमा यस उपकरणले जानकारी दिन्छ ।

इको गर्दा औषधि दिँदै गरिन्छ । सामान्य इकोलाई ट्रान्सथोरासिस भनिन्छ । यसका साथै ट्रान्सफेजल इको, स्ट्रेस इको, थ्री डायमेन्स्नल इको, फेटल इको आदि यसका विभिन्न प्रकार छन् ।

एबिपी ,होल्टर र टिएमटी


एबिपी मेसिनले २४ घण्टाको ब्लड प्रेसर र मुटुको धड्कनको मापन गरेर देखाउँछ । बिहान, दिउँसो, राति सुत्दा, बस्दा, खाँदाउच्चरक्तचापको स्थिति के छ ? भनेर एबिपी मेसिनले मनिटर गरिरहेको हुन्छ । यसले औषधिखाने वानखाने भन्ने निक्र्योल गरिदिन्छ । यो मेसिनबहिरङ्ग विभागबाट जडान गरिन्छ । तसर्थ बिरामीलाई अस्पताल भर्ना हुनुपर्दैन ।

मुटुको धड्कन नियमित भएन भएको अवस्था हेर्ने उपकरणलाई होल्टर भनिन्छ । यसले मुटुको चाल र गतिसीमा देखाउन मद्धत गर्छ । यसबाट मुटुको चालनियमितभएनभएको हेरिन्छ । चालकहाँ बाट आइरहेको छ, सामान्यआउनुपर्ने ठाउँबाट वा अन्यन्त्रबाट मुटुको चालआइरहेको छ भनेर पनिहोल्टरले हेर्ने गर्छ ।

टी.एम.टी.(ट्रेडमिल टेस्ट)


यो मुटुको परीक्षण गर्नेप्रविधिहो । टी.एम.टी.मा छातीमा इलेक्ट्रोडहरु लगाएर इसिजीमोनिटरसँग जोडिएको हुन्छ । बिरामीले गतिमा ट्रेड मिल मेसिनमाथि हिँड्दै गर्दा बिस्तारै मुटुको चाल र गतिविधिइसिजीमोनिटरले देखाउँछ । जाँच्ने क्रममा ब्लड प्रेसर पनि नापिन्छ । मुुटुले लोड लिँदाइसिजीमा केही परिवर्तन आउँछ र ब्लकेज हुने सम्भावनाभएनभएको थाहापाउन सकिन्छ ।

एन्जियोप्लाष्टी


कोरोनरी आर्टरी (धमनी) ले मुटुको मांशपेशीलाई आवश्यक रगत पु¥याउन नसक्दा हुने पीडा बिस्तारै बढ्दै गएर रक्तसञ्चार प्रकृया बन्दहुने समस्यालाई हृदयघात भनिन्छ । खासगरी छातिको बीच भागमा दुख्ने, गिँजा, काँध र देब्रे हातमा पीडा महसुस हुने, श्वासप्रश्वासमा समस्या, मुटुको धड्कन बढ्ने, कपडा भिज्ने गरी पसिना आउने हृदयघातका लक्षण हुन् । मधुमेही, बृद्धबृद्धा र अटोनोमिक डिसफङ्सन भएका बिरामीलाई छातिको दुःखाइ नहुन पनि सक्छ । तत्काल हृदयघात भएका बिरामीलाई क्याथ ल्याबमा एन्जियोग्राफी गरेर ब्लक भएको नसा तुरुन्त खोल्नुपर्छ ।

अन्तर्राष्ट्रिय मापदण्डले अस्पताल पुगेको ९० मिनेटभित्र एन्जियोष्टीबाट खोलिसक्नुपर्ने उल्लेख गरेको छ । टाढाबाट आउनेहरुकालागि पनि १ सय २० मिनेट भित्र उपचार गरिसक्नुपर्छ । हृदयघात भएको १२ घण्टाभित्र बन्द भएको नसा खोल्दा मुटुलाई बलियो राख्न सकिन्छ ।

किन क्याथ ?
क्याथ ल्यावमा अत्याधुनिक उपकरण जडान गरी फ्लोरोस्कोपको माध्यमद्धारा मुटु तथा रक्तसञ्चार हुने नसा, मुटुको नसा (कोरोनरी) र पेरिफेरल एन्जियोग्राफी हेर्नमा धेरै प्रयोग गरिन्छ । रगतको नसामा ब्लकेज देखिएमा बेलुन स्टेन्ट (जाली) राखेर रगत सुचारु गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्