Logo
|
Friday 26th April 2024
Logo

epaper

प्रजातन्त्रवादी चिकित्सक संघ नेपालको अध्यक्षमा डा. अनिलविक्रम कार्की निर्वाचित



जनस्वास्थ्य सरोकार, काठमाडौं । प्रजातन्त्रवादी चिकित्सक संघ नेपालको केन्द्रीय अध्यक्षमा डा. अनिलविक्रम कार्की निर्वाचित हुनुभएको छ ।

सङ्घको तेस्रो महाधिवेशनले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका डा कार्कीको नेतृत्वमा ४३ सदस्यीय नयाँ समिति सर्वसम्मत निर्वाचित भएको हो।

समितिको केन्द्रीय उपाध्यक्षमा डा. विक्रान्त ढकाल, बागमती प्रदेश संयोजक तथा उपाध्यक्षमा डा. मनोरदी सैयद, महासचिवमा डा. संयुक्त आचार्य, कोषाध्यक्षमा डा. समाज गौतम, सहकोषाध्यक्षमा डा. अजय साह, सचिवमा डा. पवन हमाल र सुशील तिमिल्सिना निर्वाचित हुनुभएको छ ।

नेपाली कांग्रेसका महामन्त्री प्रा.डा. शसांक कोइरालाको प्रमुख आतिथ्यमा भएको उक्त सो कार्यक्रममा संस्थापक अध्यक्ष डा. केदार नरसिंह केसी निबर्तमान अध्यक्ष डा. लक्ष्मीराज पाठकको नेपाल चिकित्सक संघका पूर्व अध्यक्षहरु डा. चोप लाल भुषाल, डा. अन्जनीकुमार झा, डा. मुक्तिराम श्रेष्ठ, नेपाल मेडिकल काउन्सिलका उपाध्यक्ष डा. शिवजी पौडेल लगायतका चिकित्सकहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्