Logo
|
Monday 6th May 2024
Logo

epaper

औषधिको मूल्यवृद्धिसम्बन्धी समाचारप्रति नेपाल औषधि व्यवसायी संघको गम्भीर ध्यानाकर्षण



जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाल औषधि व्यवसायी संघ केन्द्रिय कार्यालयले केही सञ्चार माध्यमहरुमा औषधिको मूल्यवृद्धि सम्बन्धी समाचारहरुमा नेपाल औषधि व्यवसायी संघको नामसमेत उल्लेख भएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

समाचारमा उल्लेख भएका कतिपय तथ्यहरुप्रति संघ असहमति राख्दै तथ्यपूर्ण समाचार सम्प्रेषणका लागि संघले अनुरोधसमेत गरेको छ ।

औषधि ऐन, २०३५ मा आवश्यक देखेमा नेपाल सरकारबाट औषधिको मूल्य निर्धारण गर्ने व्यवस्था छ । सोहि प्रावधान अनुसार हाल देशमा ९६ प्रकारका औषधिहरुको मूल्य समेत निर्धारण गरिएको अवस्था छ । नेपाल सरकारले मूल्य निर्धारण गरेका बाहेक अन्य औषधिहरुको मूल्य उत्पादक आफैले निर्धारण गर्ने संसारभरिको प्रचलन अनुसार हाम्रो देशमा पनि आयात गरिने औषधिहरुमा सरकारले तोकेको बाहेक अन्यमा उत्पादक कम्पनिले, उत्पादित देशमा भन्दा एमआरपी बढि नहुने गरि आयात गरिरहेको संघले सम्पूर्णमा अनुरोध गरेको छ ।

विद्यमान कानूनी व्यवस्था र यथार्थताभन्दा टाढा रहेर प्रकाशन÷प्रसारण भएका समाचारमा कुनै सत्यता नभएको उल्लेख गर्दै संघले भनेको छ —’सञ्चार माध्यमलाई औषधिजस्तो अति संवेदनशील विषयमा समाचार सम्प्रेषण गर्दा गम्भीर अध्ययन, खोज र विश्लेषण गरिदिनु हुन अनुरोध गर्दछौं ।’

प्रतिक्रिया दिनुहोस्