स्टार अस्पतालमा पेट तथा कलेजो रोग सम्बन्धी निशुल्क ओपीडी सेवा

जनस्वास्थ्य सरोकार, ललितपुर । ललितपुरको सानेपास्थित स्टार अस्पतालले एक महिनासम्म निशुल्क पेट तथा कलेजो रोग सम्बन्धी ओपीडी सेवा दिने भएको छ ।
अस्पतालले पेट तथा कलेजो रोग विभाग सञ्चालनमा ल्याएको अवसर पारी पौष १ गते देखि माघ १ गते सम्म निशुल्क ओपीडी सेवा सञ्चालनमा ल्याएको हो ।
त्यस्तै पेट रोग सम्बन्धी अन्य परीक्षण, शल्यक्रिया लगायतका सेवाहरुमा पनि विशेष छुट प्रदान गर्ने अस्पतालले जनाएको छ ।