Logo
|
Friday 26th April 2024
Logo

epaper

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मिर्गौला प्रत्यारोपण हुने



जनस्वास्थ्य सरोकार, पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण हुने भएको छ । प्रत्यारोपणका लागि भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले सहयोग गर्ने भएको छ ।

प्रदेशका विभिन्न स्थानमा डायलायसिस सेवा विस्तार गर्ने, प्रत्यारोपण तथा डायलायसिसको लागि प्रत्यारोपण केन्द्रले जनशक्तिको तालिम अध्ययापन आदि व्यवस्थापन गर्ने, प्रदेशमा आवश्यक जनशक्तिको तालिम प्रत्यारोपण केन्द्रमा गर्ने र सेवा सञ्चालन गर्नका लागि प्रत्यारोपण केन्द्रमा कार्यरत अनुभवी जनशक्ति परिचालन गर्ने बिषयमा दुइ संस्थाबिच सहमति भएको छ ।

नेपालमा बार्षिक ३ हजार बढीको मिर्गौला फेल हुने गरेको छ । सरकारले डायालासिस तथा प्रत्यारोपण केन्द्रलाई सातवटै प्रदेशमा विस्तार गर्ने योजना बनाएको छ । यहि योजना अन्तरगर्त प्रत्यारोपण केन्द्रले प्रतिष्ठानसंग सम्झौता भएको हो ।

प्रतिक्रिया दिनुहोस्