Logo
|
Sunday 28th April 2024
Logo

epaper

विश्वभर बढ्दै कोभिड–१९ संक्रमण



जनस्वास्थ्य सरोकार, एजेन्सी । पछिल्लो २४ घण्टामा विश्वभर ३४ लाख ६१ हजारभन्दा धेरै व्यक्तिहरुमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यस अवधिमा १८ लाख ५८ जना कोभिड कोभिड–१९ संक्रमणमुक्त भएका छन् । यस्तै, संक्रमणको कारणले ८ लाख ८३२ जनाको निधन भएको छ । अत्यधिक संक्रमित रहेको राष्ट्रमध्ये अमेरिका पहिलो, फान्स्र दोस्रो र भारत तेस्रोे अंकमा छ । क्रमशः अमेरिकामा ७ लाख १० हजार, फ्रान्समा ४ लाख ३६ हजार र भारतमा ३ लाख १७ हजार जना संक्रमित रहेका छन् ।

यस अवधिमा अमेरिकामा संक्रमणको कारणले २ लाख ३७४ जनाको निधन भएको छ । त्यसैगरि भारतमा ४९१ जनाको निधन भएको छ । विश्वभर सक्रिय संक्रमितको संख्या ६ करोड ७ लाखभन्दा बढी रहेको छ । जसमध्ये अमेरिकामा मात्रै २ करोड ५ लाख जना रहेका छन् ।

कोरोना भाइरस सन् २०१९, डिसेम्बरमा पहिलो पटक चीनको वुहान शहरमा पुष्टि भएको थियो । बिस्तारै संक्रमण महामारीको रुपमा विश्वभरि नै फैलियो । विश्वमा हालसम्म ३३ करोड ९२ लाखभन्दा बढी व्यक्तिमा संक्रमण पुष्टि भइसकेको छ । यसैगरि २७ करोड २८ लाख व्यक्तिहरु संक्रमणमुक्त भएका छन् । यस महामारीको चपेटामा परेर करिब ५५ लाख ८३ हजार जनाको निधन भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्