Logo
|
Saturday 11th May 2024
Logo

epaper

देशभरका अशक्त र गरिब नागरिकलाई काठमाण्डौ महानगरमार्फत निःशुल्क उपचारः मेयर बालेन्द्र शाह



नेपाल हेल्थ न्युज, काठमाडौँ । काठमाडौं महानगरपलिकाका प्रमुख बालेन्द्र शाहले नेपालका जुनसुकै पालिकाका गरिव तथा असहायको काठमाडौं महानगरले उपचार गर्ने बताउनुभएको छ ।

मेयर शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत लेख्नुहुँदै नेपालको जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिक बिरामीले आफ्नो पालिकाबाट विपन्न,असहायको सिफारिस लिएर काठमाडौँ महानगर आउन अनुरोध गर्नुभएको हो ।

महानगर भित्रका ४३ अस्पतालमा तीन सय २३ शैया निशुल्क उपचारको लागि उपलब्ध रहेको जानकारी गराउँदै उहाँले बिरामीको आवश्यकताअनुसार निस्शुल्क उपचार हुने बताउनुभएको छ ।

यस्तो छ मेयर शाहको स्ट्याटस
नेपालको जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिक बिरामीहरूले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर काठमाडौँ महानगर आउनुहोला । हामीसँग ५२ अस्पतालका ३७४ बेड आवद्ध छन् । त्यहाँ बिरामीको आवश्यकता अनुसार निशुल्क उपचार हुनेछ ।
तपाईको टोल छिमेक वा आफन्ताहरू यो वर्गमा पर्नुहुन्छ भने खबर गरिदिनुहोला ।
सम्पर्क: ११८०
वा, काठमाडौँ महानगर स्वास्थ्य विभाग

प्रतिक्रिया दिनुहोस्