Logo
|
Saturday 11th May 2024
Logo

epaper

नेपाल औषधि व्यवसायी संघ बागमती प्रदेशको अध्यक्षमा ध्रुब नारायण श्रेष्ठको टिम निर्वाचित



जनस्वास्थ्य सरोकार, हेटौडा । नेपाल औषधि व्यवसायी संघ बागमती प्रदेशको अध्यक्षमा ध्रुब नारायण श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

नवनिर्वाचित अध्यक्ष ध्रुब नारायण श्रेष्ठसहित जित हाँसिल गर्न सफल पदाधिकारीहरु

हेटौडामा १४ र १५ गते सम्पन्न दोस्रो अधिवेशनबाट अध्यक्षमा श्रेष्ठसहित वरिष्ठ उपाध्यक्षमा शिवप्रसाद पण्डित, उपाध्यक्षमा बद्रीप्रसाद श्रेष्ठ (थोक आयात), उपाध्यक्षमा नवराज खनाल , महासचिवमा राजु श्रेष्ठ, कोषाध्यक्षमा राजेश भक्त श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

यसैगरी सचिवमा बिनोद लामिछाने, उपकोषाध्यक्षमा राजु अधिकारी निर्वाचित हुनुभएको छ । प्रदेशको सदस्यहरुमा कपिल सुवेदी र संघर्ष गुरुङ (थोक आयात), धर्बिन्द्र वन र सुधिर दाहाल (खुद्रा), खुल्ला तर्फ पञ्चकुमार श्रेष्ठ, रवि दास श्रेष्ठ, जीवन महर्जन र अनिल मान श्रेष्ठ हुनुहुन्छ । यसैगरी महिला तर्फ पार्वती श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

नवनिर्वाचित उपाध्यक्ष बद्रीप्रसाद श्रेष्ठ (थोक आयात)

प्रतिक्रिया दिनुहोस्